चारजना राजदूतबारे काँग्रेस-एमालेबीच विवाद

Break n Links
Break n Links

नियुक्तिका लागि सरकारले सिफारिस गरेका राजदूतहरूबारे सत्ता साझेदार दलहरूबीच नै असहमति बढेको छ।

एउटा दलले सिफारिस गरेका राजदूतहरूलाई रोकेर आफ्नामात्रै पठाउन खोज्दा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै विवाद बढेको हो।

संसदीय सुनावाइ समितिले सरकारले सिफारिस गरेका १७ देशका राजदूत सबैको बिहीबार सुनुवाइ सकेको थियो। त्यसपछि उनीहरूको नियुक्तिबारे निर्णय गर्न आइतबार बैठक बालाइएको थियो।

आइतबार बिहान ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बसेको सुनुवाइ समितिको बैठकमा एमाले र काँग्रेसले सिफारिस गरेका चारजनाको नाममा सहमति हुन नसकेको हो।

समितिका एक सदस्यका अनुसार बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्य सांसदहरूले एमालेबाट सिफारिस भएका नेत्रप्रसाद तिमल्सिनालाई रोक्नुपर्ने राय दिएका थिए। रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष तिमल्सिना मलेसियाको राजदूतका लागि नेकपा एमालेबाट सिफारिस भएका हुन्।

त्यसपछि एमालेका सदस्य सांसदहरूले नेपाली काँग्रेसबाट सिफारिस भएका शंकर शर्मा, कपिलमान श्रेष्ठ र धनप्रसाद पण्डितको नाममा आपत्ति जनाए। शर्मालाई भारतका लागि, श्रेष्ठलाई दक्षिण अफ्रिका र पण्डितलाई इजरायलको राजदूतका लागि सरकारले सिफारिस गरेको छ।

दुबै दलका सांसदहरूको प्रस्तावमा छलफलपछि चारैजनालाई रोक्नुपर्ने सहमति भए पनि समिति भने अन्तिम निर्णयमा पुग्न सकेन। यसबारे अब शीर्ष नेताहरूको छलफल गर्नेछन्। त्यसपछि समितिले निर्णय गर्नेछ। 

प्रकाशित मिति: : 2024-09-15 17:30:00

प्रतिकृया दिनुहोस्