सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३ हजारले बढ्याे

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-09-13 11:16:00

प्रतिकृया दिनुहोस्