कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आयाे: देउवा

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन्।

बिहीबार पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरू चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताएका हुन्।

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए। साथीहरूको भावनाअनुसार मैंले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं। सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ। दुई  वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमती भएको छ। साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन। सबैलाई मिलाएर लैजान चाहन्छौं। हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ।’

साथै उनले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताए। उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरूलाई अग्रह गरे।

उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए।

प्रकाशित मिति: : 2024-09-12 18:05:00

प्रतिकृया दिनुहोस्