नक्कली प्रमाण पत्र पेश गरी नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर विकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्धा दायर गरेको छ।

अख्तियारले विकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको  उल्लेख गरेका छ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले उनलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई साेमबार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: : 2024-09-09 18:32:00

प्रतिकृया दिनुहोस्