कति पुग्याे सुनचाँदीको मूल्य?

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-04 12:32:00

प्रतिकृया दिनुहोस्