नवलपरासीमा सेफ्टी ट्याङ्कीमा निसास्सिएर ३ जनाको मृत्यु

तस्बिर साैजन्य: सामाजिक सञ्जाल
तस्बिर साैजन्य: सामाजिक सञ्जाल

पूर्वी नवलपरासी (नवलपुर)मा सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ।

शुक्रबार विनयी त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिएर उनीहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व जनाएकाे छ।

मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-७ का २८ वर्षीय मोहम्मद राजा हरेका छन्।

प्रहरीका अनुसार स्थानीय भोलासिंह क्षेत्रीको घरकाे शाैचालयकाे सेफ्टी ट्याङ्कीमा काम गर्न पसेका उनीहरू निस्सासिएर बेहोस भएका थिए। बेहोस भएपछि अस्पताल लगिएका उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको हाे। मृतक प्रकाशसिंह भोलाका छाेरा हुन्।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-30 17:46:00

प्रतिकृया दिनुहोस्