मोहन मैनालीको मुकाम रणमैदानले पायाे मदन पुरस्कार

Break n Links
Break n Links

२०८० को मदन मदन पुरस्कार मोहन मैनालीकाे मुकाम रणमैदानले पाएकाे छ।

मदन पुरस्कार गुठीकाे बैठकले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिए।

२०८० को मदन पुरस्कारका यसअघि पाँच किताब अन्तिम छनौट गरिएको थियो। जसमा भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन रहेका थिए।

गुठीले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो। त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-08-30 12:15:00

प्रतिकृया दिनुहोस्