ललितपुरमा खाजा पसल सञ्चालन गर्दै आएकी दलित महिलामाथि जातीय विभेद

फाइल तस्विर
फाइल तस्विर

माइतीघर मण्डलामा ‘दलित आन्दाेलन’ भइरहँदा काठमाडाैँमा नै जातीय विभेदकाे घटना घटेकाे छ। मंगलबार साँझ ललितपुरकाे इमाडाेल सितलहाइटमा रहेकाे खाजा पसल सञ्चालकमाथि जातीय विभेदजन्य घटना घटेकाे हाे।

साेही स्थानमा खाजा पसल सञ्चालन गर्दै आइरहेकी निर्मला विक (परियार)लाई सनम खत्री र भगवती देउजालगायत चार जनाले जातीय विभेदजन्य गालीगलाैज गर्दै कुटपिट गरेका हुन्।

सनम र भगवतीले निर्मलासँगै साेही स्थानमा व्यवसाय गर्दै आइरहेका छन्। उनीहरूले आफ्नाे पसल नजिक खाजा पसल खाेलेर ग्राहक आफ्नाेमा तानेकाे भन्दै निर्मलालाई जातीय विभेदजन्य शब्द प्रयाेग गर्दै गालीगलाैज गरेका थिए। त्यस क्रममा उनीहरूले निर्मलालाई कुटपिट गरेकाे प्रत्यक्षदर्शीहरूले बताए।

प्रत्यक्षदर्शीका अनुसार विवादका क्रममा उनीहरूले निर्मालामाथि ढुङ्गा, सिसा, दुलाेजस्ता वस्तु प्रहार गरेका थिए। भने, उनीहरूले निर्मलाकाे पसलसमेत ताेडफाेड गरेका थिए।

आक्रमणमा परेर निर्मला घाइते भएकी छन्। उनकाे अहिले पाटन अस्पतालमा उपचार भइरहेकाे छ।

दलित अभियन्ताहरूले याे घटना प्रहरीसमक्ष पुर्याएका छन्। यद्यपि, प्रहरीले दुवै पक्षसँग छलफल गरेर मात्रै उजुरी लिने बताएकाे छ।

प्रहरीले निर्मलालाई कुटपिट गर्नहरूमाथि निगरानी भने राखिरहेकाे छ।

प्रकाशित मिति: : 2024-08-28 21:02:00

प्रतिकृया दिनुहोस्