अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्।

ब्राजिलस्थित नेपाली दूतावासले साओपाउलो विमानस्थलमा  १७६ जना नेपाली रहेको जनाएको छ। 

मानव तस्करहरुको समूहले उनीहरूलाई अवैध रुपमा अमेरिका लैजानका लागि ब्राजिलमा ट्रान्जिट बनाएको थियो। 

अहिले सबै नेपाली सकुशल रहेका छन्।
 

प्रकाशित मिति: : 2024-08-27 19:00:00

प्रतिकृया दिनुहोस्