मुकुल ढकाललाई रास्वपाकाे साधारण सदस्यसमेत नरहने गरी हटाइयाे

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ।

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको हो।

रास्वपाले ढकाललाई यसअघि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो।

त्यसपछि रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। उनले सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउँदै जवाफ पठाएका थिए।

गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो।

उनलाई गत असार १४ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो।

प्रकाशित मिति: : 2024-08-27 11:58:00

प्रतिकृया दिनुहोस्