भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ।
बिहारको समस्तीपुर जिल्लामा गएराति ना७ख ६४४६ नम्बरको बसलाई ट्रकले ठक्कर दिँदा अनियन्त्रित भएर पल्टिएको हाे।
भारतीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा कम्तीमा ३० जनाभन्दा बढी घाइते भएका छन्।
४३ जना सवार बस देवघरतर्फ जाँदै गर्दा दुर्घटना भएकाे हाे।
स्थानीय र प्रहरीको मद्दतमा दुर्घटनास्थलबाट यात्रुहरूकाे उद्धार गरी अस्पताल लगिएको सञ्चार माध्यमले जनाएका छन्।
भारतीय प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।