रविकाे बयानः ‘गोर्खा मिडियामा मैले एक रुपैयाँ पनि लगानी गरेको छैन’

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ता तत्कालीन व्यावसायिक साझेदार जिबी राईको बदमासीको जिम्मेवारी आफूले नलिने बताएका छन्। 

सहकारी संस्थाहरूको बचत रकम दुरुपयोगबारे संसदीय विशेष छानबिन विशेष समितिमा आज बयान दिएका उनले सार्वजनिक अभिव्यक्तिहरूमा पनि सोही धारणा राख्दै आएका छन्।

गोर्खा मिडिया नेटवर्क प्रालिमा आफूले एक रुपैयाँ पनि लगानी नगरेको दाबी गर्दै उनले १५ प्रतिशत ‘स्वेट सेयर’ भने लिएको बताएका छन्।

जिबी राई अध्यक्ष रहेको उक्त संस्थामा लामिछाने तत्कालीन समय प्रबन्ध निर्देशक थिए। 

‘गोर्खा मिडिया नेटवर्कमा मैले एक रुपैयाँ पनि लगानी गरेको छैन र १५ प्रतिशत स्वेट सेयर लिएको कुरा मैले यसअघि पनि जानकारी गराइसकेको छु,’ समितिमा लामिछानेले भने, ‘गोर्खा मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ।’

समितिले त्यसअघि गोर्खा मिडियाकै अर्का सञ्चालक तथा उपाध्यक्ष छबिलाल जोशीसँग पनि तीन घण्टा बयान लिएको थियो।

समितिले आजैकाे बैठकमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरेको छ। जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो।

प्रकाशित मिति: : 2024-08-23 18:00:00

प्रतिकृया दिनुहोस्