सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ।
छानबिन समितिकाे आइतबार बसेकाे ४३औँ बैठकमा आचार्यसँग बयान लिएको हाे।
आचार्यले गोर्खा मिडियाका लागि पोखराकाे सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आराेप छ। सो विषयमा उनीसँग समितिले बयान लिएको हो।
उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए। साथै उनी नोबडी प्रडक्सन प्रालिका सञ्चालकसमेत हुन्।