नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ। आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले थुनामा पठाउने आदेश गरेको हो।
यससँगै उनी जेल चलान भएका छन्। ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा उनलाई प्रतिवादी बनाएर प्रहरीले मुद्धा दायर गरेको थियो।
झा भुटानी शरणार्थी प्रकरणमा माथिल्ल तहका नेताहरूसँग सेटिङ मिलाउने व्यक्तिरुपमा चिनिन्छन्।