रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीकाे रकम ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ।
शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ।