बाइडेन प्रशासनका ‘सिनियर अधिकारी’ सुटुक्क काठमाडौँमा

Break n Links
Break n Links

अमेरिकी विदेश मन्त्रालयका व्यवस्थापन तथा श्रोत उप–विदेशमन्त्री रिचार्ड वर्मा सुटुक्क नेपाल आइपुगेका छन्।

उनी शुक्रबार एकाबिहानै त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा ओर्लिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

नेपाल भ्रमणको क्रममा उप–विदेशमन्त्री वर्माले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाल सरकारका उच्च अधिकारी, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

अ‍ोली प्रधानमन्त्रीमा भएपछि भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्रीपछि अमेरिकी विदेश मन्त्रालयका उप-विदेशमन्त्री वर्मा दाेस्राे अन्तर्राष्ट्रिय भ्रमण हाे।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका महत्वपूर्ण अधिकारी वर्माले दुई देशबीच जारी सहकार्यको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।

अमेरिकास्थित विदेश मन्त्रालयकाअनुसार उप–विदेशमन्त्री वर्मासहित प्रतिनिधिमण्डलकाे भ्रमणलाई नेपालस्थित चिनियाँ कूटनैतिज्ञहरूले चासोका साथ हेरेका छन्।

नेपाली अधिकारीहरूसँगको भेटघाटपछि उनी शनिबार भारत प्रस्थान गर्ने बताइएको छ। उप–विदेशमन्त्री वर्मा त्यहाँ अगस्ट २२ सम्म रहने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-16 11:19:00

प्रतिकृया दिनुहोस्