सेवा लम्साल राजदूतमा सिफारिस, राई परराष्ट्र सचिव बन्ने पक्का

फाइल तस्विर
फाइल तस्विर

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ। हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो।

लम्साललाई राजदूत सिफारिस गरेर संसदीय सुनुवाइ सकेपछि मन्त्रालयका वरिष्ठ सहसचिव अमृत राई कायम मुकायम सचिव हुनेछन्। पाकिस्तानमा राजदूत रहिसकेकी लम्साल ब्रसेल्सस्थित राष्ट्रसंघीय नियोग तथा इयुका लागि पनि राजदूतको जिम्मेवारीमा रहनेछिन्।

यसअघिका सचिव भरतराज पौडेललाई भने क्यानाडा पठाइएको छ।

हिजोको क्याबिनेट बैठकले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको पनि सरुवा गरेको छ।

प्रकाशित मिति: : 2024-08-16 10:14:00

प्रतिकृया दिनुहोस्