प्रस्तावित १८ राजदुतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

Break n Links
Break n Links

संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो।

आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए।

उनका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आह्वानसहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिए।

उनका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमबाट उजुरी दिन सकिने जानकारी दिए। 

प्रकाशित मिति: : 2024-08-13 14:33:00

प्रतिकृया दिनुहोस्