राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने बताएको छ।
मंगलबार बसेकाे रास्वपा संसदीय दलको बैठकमा भ्रष्टाचारको मुद्दामा हदम्याद नस्वीकार्ने र त्यसलाई सबैतिर उठाउने निर्णय भएकाे प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
‘भ्रष्टाचार निवारणसम्बन्धी जाे कानुन बनिरहेकाे छ, त्यसमा जुन हदम्याद राख्ने कुरा भएकाे छ त्याे कदाचित स्वीकार्य छैन। भ्रष्टाचार मुद्दामा कुनै पनि बेला भ्रष्टाचार आशंका हुँदाखेरी त्याे मुद्दा चल्न सक्छ। त्यसलाई कुनै निश्चित समयभित्र राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटाेमा राजनीतिक दलहरूले जुन गम्भीर त्रुटी गर्दैछन्, त्याे राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन। त्यसलाई बेजाेडाका साथ सबैतिर उठाउने भन्ने कुरा भएकाे छ’, उनले भने।