सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले ललितपुरस्थित पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका शेयरसदस्य राजबहादुर सिंहसँग समितिको बैठकमा सोधपुछ गरेकाे छ।
समितिकाे साेमबार बसेकाे बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सिंहसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए।
सभापति थापाका अनुसार उनले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन्।
ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानुनी परामर्शमा थिए।
सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे/बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्। सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन्।