दुर्घटनाग्रस्त हेलिकप्टरमा चिनियाँ पर्यटक सवार (सूचीसहित)

Break n Links
Break n Links

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो।

हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार हेलिकप्टरमा एक महिला र तीन पुरुष गरी चार जना चिनियाँ पर्यटक रहेका थिए। पर्यटकहरूमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन्।

हालसम्म चार जनाकाे शव भेटिएकाे बताइएकाे छ। प्रहरीका अनुसार अहिले उद्दार कार्य भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-08-07 15:25:00

प्रतिकृया दिनुहोस्