बंगलादेशमा राजनीतिक संकट गहिरिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टीका एक जनाको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको हो।
शेख हिसना नेतृत्वको अवामी लिगका जेसोर जिल्ला महासचिव शाहीन चक्लादारको होटलमा अज्ञात समूहले हिजो सोमबार आगजानी भएको थियो। आगो १२ घण्टापछि नियन्त्रमा आएपछि २४ जनाको आगोमा परी मृत्यु भएको पुष्टि भएको बिबिसी हिन्दीले लेखेको छ।
समाचारमा उल्लेख भएअनुसार करिब ३० जनाको उद्दार गरिएको छ। आगजनी गर्ने अज्ञात समूह भनिएपनि प्रधानमन्त्री शेख हसिनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले गरेको शंका गरिएको छ।
महिना दिनदेखि आरक्षणको विरोधमा भएको आन्दोलन हिंसात्मक बनेपछि सोमबार प्रधानमन्त्री हसिनाले राजीनामा दिएर भारतमा आश्रय लिन पुगेकी छन्। उनी सैनिक हेलिकप्टरमा भारत गएकी थिइन्।