राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन्।
सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन्।
‘म बढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिए। अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरु जम्मा हुनुभएको रहेछ। ती युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो’, उनले भनिन्, ‘एकाएक मलाई घेर्न थाल्नुभयो। बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो। चक्रव्यूहजस्तो रचियो। जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो। पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो। एक किसिमले दुर्व्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो।’