धादिङमा माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन्।
साेमबार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि गजुरी–५ जरेखोला नजिकै रुख खसेकाे थियाे।
गुडिरहेकाे गाडीमाथि रुख बजारिएर घाइते भएका यात्रुहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ। हालसम्म भने उनीहरूकाे पहिचान खुल्न सकेकाे छैन।