बिएल संवाददाता
सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएकाे छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार आचार्य र पुनलाई बोर्ड सदस्यबाट हटाएको हो।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्देशन नमानेपछि हटाइएकाे बताइएकाे छ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको विद्युत् बक्यौता नतिरेसम्म जोड्न नहुने अडान लिएपछि उनीहरूलाई सरकारले साउन १५ गते स्पष्टीकरण माग गरिएको थियो।
आचार्य र पुनले १८ गते स्पष्टीकरण बुझाएका थिए। उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ऊर्जामन्त्री दीपक खड्काले १८ गते नै सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय गरेका हुन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया