बिएल संवाददाता
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
कांग्रेसकाे निर्णयपछि शाहले आजै एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने लागेका हुन्।
मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको थिए।
कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठन गर्न लागेका हुन्।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १८, एमालेको १० र नाउपाका ७ सांसद रहेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया