बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगकाे अर्बौं रूपैयाँ उठाउन नस्कदा गाउँ-गाउँबाट नागरिकले लखेट्न थालेकाे बताएका छन्।
शुक्रबार लेखा समितिकाे बैठकमा बाेल्दै उनले बक्यौता नबुझाउने नागरिककाे लाइन काट्न जाँदा प्राधिकरणका क्रमचारीलाई लखेट्न थालिएकाे बताएका हुन्।
'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।
कुलमानले उद्योगीकाे विवाद छिट्टै समाधान गर्नका लागि सांसदसँग आग्रह गरे।
लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा उद्याेगी र प्राधिकरणका पदाधिकारी राखेर छलफल भइरहेकाे छ। ६१ वटा उद्योगले साढे ८ अर्ब बक्यौता तिर्न बाँकी छ।

उक्त रकम आफूहरूले विना प्रमाण नतिर्ने भन्दै उद्योगीले ५ वर्षदेखि बक्यौता तिरेका छैनन्।
बिल दिएकाे ६० दिनमा महशुल नबुझाएमा प्राधिकरणले अन्य ग्राहककाे लाइन काट्ने गरेकाे छ।
प्राधिकरणले वर्षमा १ लाख ४० हजार बक्यौता नतिर्ने ग्राहककाे लाइन काट्ने गरेकाे छ र बक्यौता बुझाएपछि पुन: लाइन जाेड्ने गरेकाे छ।
लेखा समितिमा कुलमानले उद्याेगीकाे बक्यौता उठाउन नसक्दा अब लाइन काट्न नसकिने अवस्था भएकाे गुनासाे गरेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया