बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगकाे अर्बौं रूपैयाँ उठाउन नस्कदा गाउँ-गाउँबाट नागरिकले लखेट्न थालेकाे बताएका छन्।
शुक्रबार लेखा समितिकाे बैठकमा बाेल्दै उनले बक्यौता नबुझाउने नागरिककाे लाइन काट्न जाँदा प्राधिकरणका क्रमचारीलाई लखेट्न थालिएकाे बताएका हुन्।
'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।
कुलमानले उद्योगीकाे विवाद छिट्टै समाधान गर्नका लागि सांसदसँग आग्रह गरे।
लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा उद्याेगी र प्राधिकरणका पदाधिकारी राखेर छलफल भइरहेकाे छ। ६१ वटा उद्योगले साढे ८ अर्ब बक्यौता तिर्न बाँकी छ।

उक्त रकम आफूहरूले विना प्रमाण नतिर्ने भन्दै उद्योगीले ५ वर्षदेखि बक्यौता तिरेका छैनन्।
बिल दिएकाे ६० दिनमा महशुल नबुझाएमा प्राधिकरणले अन्य ग्राहककाे लाइन काट्ने गरेकाे छ।
प्राधिकरणले वर्षमा १ लाख ४० हजार बक्यौता नतिर्ने ग्राहककाे लाइन काट्ने गरेकाे छ र बक्यौता बुझाएपछि पुन: लाइन जाेड्ने गरेकाे छ।
लेखा समितिमा कुलमानले उद्याेगीकाे बक्यौता उठाउन नसक्दा अब लाइन काट्न नसकिने अवस्था भएकाे गुनासाे गरेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया