नेकपा (एमाले)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ।
बैठक बिहान ११ बजेका लागि बसेरा हाेटलमा बाेलाइएकाे छ। पार्टी कार्यालय च्यासलमा बाढी पसेर क्षति पुगेपछि बैठक सिंहदरबारकाे आडैमा बस्न लागेकाे हाे।
आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ।
यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो।
- अपडेट