६४ अङ्कले बढ्याे, कारोबार २१ अर्ब ९१ करोडभन्दा माथि

File Photo
File Photo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ। आज नेप्से ६४.२५ अङ्कले घटेर २७६०.९० अङ्कमा पुगेको छ।

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ।

आज युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी७.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: : 2024-07-31 17:23:00

प्रतिकृया दिनुहोस्