१८ देशमा राजदूत सिफारिसः चीनमा ओली, दक्षिण कोरियामा तुम्बाहाङ्फे (सूचीसहित)

Break n Links
Break n Links

सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

ती मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ। पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई चीन र पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएकाे छ।

त्यस्तै, दक्षिण कोरियाका लागि पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, मलेसियामा नेत्र तिमिल्सिना, स्पेनमा सनिल नेपाल, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल र श्रीलंकामा रामकृष्ण भट्टराईलगायतको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेको छ। 

यस्तै, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र डेनमार्कका लागि सुम्निमा तुलाधर, पाकिस्तानमा सहसचिव रिता धिताल र रुसमा जंगब चौहानलाई सिफारिस गरिएको छ।

०००

भारत– शंकर शर्मा

अमेरिका– लोकदर्शन रेग्मी

चीन– कृष्णप्रसाद ओली

बेलायत– चन्द्रप्रसाद घिमिरे

जर्मनी– शैल रुपाखेती

साउदी अरब– नरेशविक्रम ढकाल

इजरायल– धनप्रसाद पण्डित

दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ

दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे

पोर्चुगल– प्रकाशमणि पौडेल

पाकिस्तान– रिता धिताल

अस्ट्रेलिया– कान्ता रिजाल

स्पेन– सनिल नेपाल

मलेसिया– नेत्रप्रसाद तिमिल्सिना

प्रकाशित मिति: : 2024-07-29 20:30:00

प्रतिकृया दिनुहोस्