पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

File Photo
File Photo

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका छ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे।

साथै अदालतले उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ।

उनीमाथि आफू पदमा हुँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग छ। २०६० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

साेही अभियोगमा यसअघि उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो भने डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। सर्वोच्चले २०८१ असार २० गते सुनुवाइ सकेकाे थियो। फैसला भने आइतबारमा गरेकाे हाे।

प्रकाशित मिति: : 2024-07-28 18:20:00

प्रतिकृया दिनुहोस्