कोशीमा सत्ता भागबण्डा: काँग्रेस-एमालेबीच केन्द्रकै मोडलमा सहमति

Break n Links
Break n Links

कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ।

सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो।

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की नै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेशसभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ। ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ।

सहमतिअनुसार अब छिट्टै काँग्रेस सरकारमा जाने भएको छ। 
 

प्रकाशित मिति: : 2024-07-28 11:51:00

प्रतिकृया दिनुहोस्