अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।

साउन ७  गते बसेको मन्त्रिपरिषद्को बैठकले वहाँलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

दुई दशक पत्रकारिता र एक दशक पत्रकारिताको अध्यापन गरेका केसीले मिडिया, राजनीति र संसदीय मामिलामा अध्ययन तथा अनुसन्धान गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-07-26 20:48:00

प्रतिकृया दिनुहोस्