योजना आयोगका उपाध्यक्षसहित सदस्यहरूले लिए शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त  उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरुले शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका थिए।

बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो।

शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना दिदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बनाउन भूमिका खेल्न आग्रह गरेका थिए।

ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउँदै उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: : 2024-07-26 18:48:00

प्रतिकृया दिनुहोस्