सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान: इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन् (भिडियाे)

क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।

उनले जहाजमा समस्या आउने बित्तिकै क्याप्टेन शाक्यको माइन्ड अर्लट हुनुपर्ने बताए। आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गनुपर्ने उनले अनुभव सुनाए।

‘जहाज सि–चेकका लागि जाँदै थियो। चेक पनि ए,बी,सी लगायत हुन्छन्। यसको टाइम ड्यूरेसन फरक फरक हुन्छ। तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ। विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ। टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ। रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ। त्यो निकै क्रिटिकल र महत्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ। त्यसपछि अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ। इन्जिनमा फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ। यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नुभएन कि भन्ने लाग्छ’, उनले भने।

भि–वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको उनले अनुमान लगाए। हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिएपनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताए।

घट्नाको यात्रु को को थिए भन्नेबारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताए।

उनले भने, ‘यो घटना एउटा विकराल भयो। हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन। किनभने विगतका कयौं दुर्घटनाहरुमा हामीले बोलेका पनि छौं। तर सबै सत्य सावित नहुनसक्छन्। इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन्। यस बारेमा क्याप्टेन शाक्य जिवित हुनुहुन्छ। उहाँले सबै कुरा बताउनुहुनेछ।’

ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै क्याप्टेन शाक्यको स्वास्थ्यलाभको कामना गरे। साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने उल्लेख गरे।

प्रकाशित मिति: : 2024-07-26 08:19:00

प्रतिकृया दिनुहोस्