उपसभामुख विवादबारे रास्वपाले भन्याे- पत्र अमेरिकी दूतावासमा दर्ता नै भएको छैन

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ।

बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरेका छन्।

झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, 'यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ।'

उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ, त्यसमा आफूहरु सचेत भएर बसेको बताए।

उपसभामुख रानामगरले आफूबाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्वजनिक भएपछि विवादमा परेकी थिइन्। उनले सो सिफारिस गरेबापत पैसा लिएको अपुष्ट दाबीसमेत गरिएको छ।

प्रकाशित मिति: : 2024-07-25 17:58:00

प्रतिकृया दिनुहोस्