मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूतबारे छलफल हुने

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2024-07-25 13:36:00

प्रतिकृया दिनुहोस्