सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

Break n Links
Break n Links

सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।

बुधबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका १८ जनाको निधन भएको छ। भने, जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो। उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए।

सम्बन्धित भिडियाे:

प्रकाशित मिति: : 2024-07-25 07:48:00

प्रतिकृया दिनुहोस्