सौर्य जहाज दुर्घटना: गृहमन्त्री लेखक घटनास्थलमा

File Photo
File Photo

गृहमन्त्री रमेश लेखक सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्।

बधुबार दुर्घटनामा परेको जहाज दुर्घटनाको अवस्था बुझ्न उनी विमानस्थल पुगेका हुन्।

बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइनको जहाज काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा दुर्घटना भएको थियो।

सौर्य जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाइलट मनिस शाक्यको मात्र उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

प्रकाशित मिति: : 2024-07-24 12:49:00

प्रतिकृया दिनुहोस्