बिएल संवाददाता
नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटिएको बिजुली जोडिदिने भएको छ।
डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका सम्बन्धमा मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिकाे बैठकले ६ उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले बिजुली महसुल नतिरेपछि असार २५ देखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो।
तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियमअनुसार बक्यौता रकम असुली गर्ने गरी प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिनै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले घिसिङको पक्ष लिँदा सत्तापक्षले भने समस्या समाधानमा प्राधिकरण बाधक बनेको जिकिर गर्दै आएका थिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया