बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिँडेको बताएका हुन्।
‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दैछ’, उनले भने।
उनले अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए।
विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ।
‘अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ। स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन्, महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत छ,’ उनले भने।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया