बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिँडेको बताएका हुन्।
‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दैछ’, उनले भने।
उनले अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए।
विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ।
‘अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ। स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन्, महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत छ,’ उनले भने।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया