सर्वाेच्चकी कर्मचारी कुट्ने वकिल प्रहरी थुनामा (भिडियाेसहित)

Break n Links
Break n Links

सर्वोच्च अदालतकी महिला कर्मचारी र प्रहरीमाथि हातपात गर्ने एकजना वकिललाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो।

आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए।

भिडियाे:

प्रकाशित मिति: : 2024-07-22 22:56:00

प्रतिकृया दिनुहोस्