बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ट्रङ्क लाइनसम्बन्धी विवादमा २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाहरुको र कमिसनको प्रभावमा परेर आदेश दिएको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाकौ बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पनि ऐन कानुनको मातहतमा चल्नुपर्ने भन्दै प्रधानमन्त्रीको आदेशले संविधान ऐन कानुन मर्न दिन नहुने बताए।
‘ट्रङ्क लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजियो। राज्य ऐन कानुनले चल्छ। संविधानको मातहतमा चल्छ। प्रधानमन्त्री पनि ऐन कानुनको मातहतमा चल्नुपर्छ’, उनले भने, ‘उहाँको आदेशले संविधान ऐन कानुन मर्न दिनुहुन्न। पर्यात प्रमाणहरु छन् त्यो चाँही प्रमाण नहुने, विचौलिययाहरुको भाषा बोलेर उनीहरुको दबाव र प्रभावमा परेर कमिसनको प्रभावमा ठाडो आदेश दिन मिल्छ? विद्युत प्राधिकरणले पुनरावलोकन गर्नैपर्छ।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया