महासचिव पोखरेलले ‘चरम गुटबन्दी’ गरेको विष्णु पाैडेल पक्षकाे आरोप

Break n Links
Break n Links

अन्तिम समयमा मुख्यमन्त्रीको अवसर गुमाएका एमाले पाेलिटव्यूराे सदस्य लिला गिरीले आफू पक्षका नेताहरूको छुटै भेला बोलाएका छन्।

साेमबारकाे भेलामा गिरीसहित प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठलगायत नेताहहरू सहभागी छन्।

मुख्यमन्त्रीमा पक्का देखिएका गिरीलाई आज बिहान अचानक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको हस्तक्षेपपछि केन्द्रीय सदस्य चेतनारायण आचार्यलाई अघि सारिएको बताइन्छ।

आचार्य महासचिव पाेखरेल पक्षधर हुन्। गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन्।

अन्तिम क्षणमा अवसर गुमाएपछि गिरीसहितका नेताहरूले पार्टी महासचिव पोखरेल र कृषिमन्त्री बलराम अधिकारीले चरम गुटबन्दी गरेको आरोप लगाएका छन्।

गुटबन्दीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि साथ दिएको गिरी पक्षका नेताहरूको दाबी छ।

त्यस्तै, एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रकाशित मिति: : 2024-07-22 17:05:00

प्रतिकृया दिनुहोस्