वीर अस्पतालमा ८० जना ब्रेन ट्युमरका बिरामीकाे नि:शुल्क शल्यक्रिया (भिडियाे)

रविन भण्डारी
रविन भण्डारी

वीर अस्पतालमा ८० जना ब्रेन ट्युमरका बिरामीकाे नि:शुल्क शल्यक्रिया गरिएकाे छ।

अस्पतालले अन्तर्राष्टिय ब्रेन ट्युमर दिवसकाे गत जेठ २६ गतेदेखि एक महिना ब्रेन ट्युमरका बिरामीकाे नि:शुल्क शल्यक्रिया गर्ने घाेषणा गरेकाे थियाे।

साे घाेषणाअनुसार जेठ २६देखि एक महिनाकाे अवधिमा ६० जना ब्रेन ट्युमरका बिरामीकाे नि:शुल्क शल्यक्रिया गरिएकाे वीर अस्पतालमा कार्यरत राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्रा.डा. राजीव झाले जानकारी दिए।

डा. झाका अनुसार ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजलाई सहयाेग गर्नुकाे साथै नेपालमा यसकाे अवस्थाबारे विस्तृत जानकारी प्राप्त गर्ने उद्देश्यले अभियानकाे सुरुवात गरिएकाे हाे।

याे अभियानका क्रममा अस्पतालमा दैनिक ६ देखि ८ जनासम्म बिरामीकाे शल्यक्रिया गरिएकाे थियाे। ‘करिब २२ दिनमा हामीले ८० बिरामी ब्रेन ट्युमरको अप्रेशन गर्‍यो,’ उनले भने, ‘ती मध्येमा एकदमै जटिता ट्युमरको शल्यक्रिया गर्दा दुई-तीन जनाको डेथ पनि भयो होला।’

देशभरिका सबै अस्पतालमा करिब सयजना बिरामी ब्रेन ट्युमरकाे उपचारका लागि अस्पताल धाउने गर्छन्। अस्पतालमा आउने सयमध्ये तीनजनामा अर्थात् सयमा तीन प्रतिशत जाेखिमा रहने गरेकाे डा.झाले बताए।

मस्तिष्कमा असामान्य ढङ्गबाट काेषिकाहरु बढ्दै जानु ब्रेन ट्युमर हाे। याे उच्च उमेरका मानिसहरुमा देखिने गर्छ। भने, पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ। यस राेगकाे समयमा उपचार नभएकाे बिरामीकाे मृत्यु हुन सक्छ।

ब्रेन ट्युमरकाे उपचार नपाएर काेही पनि मर्न नपराेस् भन्ने उद्देश्यले हरेक वर्षा याे अभियान सञ्चालन गर्दै आइएकाे छ। त्यसका लागि सबै खर्च अस्पतालले ब्यहाेर्ने गर्छ। शूल्यक्रियाका लागि वीर अस्पतालमा ६ जनाकाे न्युराे सर्जनकाे टिम रहेकाे छ। भने, दुई वटा मेसिन रहेका छन्।

उक्त टिम र प्रविधिकाे प्रयाेगबाट अहिले पनि दैनिक चार-पाँच जनाकाे उपचार भइरहेकाे डा. झाले जानकारी दिए।

भिडियाे:

प्रकाशित मिति: : 2024-07-21 19:25:00

प्रतिकृया दिनुहोस्