बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

Break n Links
Break n Links

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्।

आइतबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेलले यसअघि संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।

उनले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्तासमेत गराएका थिए। तर आइतबार संसदीय दलको बैठकपछि जम्कट्टेलले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।

उनले राजीनामा दिएसँगै अब बागमतीमा काँग्रेस–एमाले सरकार बन्नेछ। 

प्रकाशित मिति: : 2024-07-21 15:17:00

प्रतिकृया दिनुहोस्