उपसभामुखबारे सुमनाले भनिन्- चरित्र हत्या गरियाे, हेप्ने काम नगर्नुहोला

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरिएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संवैधानिक परिषद्मा बहुमत नपुगेपछि मिडिया ट्रायल गरेर उपसभामुखको चरित्र हत्या गरिएको आरोप लगाइएको बताइन्।

उनले उपसभामुखको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिइन्।

संसदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताएपछि सांसद्मा श्रेष्ठले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन्।

उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ, यसमा घोर आपत्ति जनाउन चाहन्छु। हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन? सडकमा प्रदर्शनमा उत्रिएका होइनन्? यदि आचरणको कुरा गर्ने हो भने गरौं। सबैको आचरण हेरौँ, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं। तपाईंहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो, नत्र चुप लागेर बस्ने? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर। त्यो आँट छ? हेप्ने काम चाँही नगर्नुहोला।’

प्रकाशित मिति: : 2024-07-21 13:52:00

प्रतिकृया दिनुहोस्