प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयारी गरिरहेको बेला प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले यस अघिनै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।

तिनै दलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरिनु गलत भएको भन्दै यस विषयलाई संसद र सडकमा उठाउने बताएका छन्। त्यस्तै प्रचण्ड र नेपाल अहिले ओलीलाई दुई तिहाई सांसदकाे समर्थन पुरा गर्न नदिने रणनीतिमा रहेका छन्।

प्रचण्ड र नेपालले प्रयास गरेपनि ओलीले आज संसदमा दुई तिहाईभन्दा बढी सांसदको विश्वासको मत पाउने निश्चित जस्तै देखिएको छ।

कांग्रेस र एमालेसहित ओलीसरकारलाई जसपा, नाउपा, जसपा नेपाल, लोसपा र दुई स्वतन्त्र सांसदहरुले विश्वासको मत दिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2024-07-21 12:48:00

प्रतिकृया दिनुहोस्