त्रिशुलीमा बेपत्ता बस र यात्रुकाे खोजीमा जुट्याे भारतीय टोली

नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस र यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य सुरु गरेको छ।

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी सुरु गरेका हुन्। भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ।

टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ। भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ।

गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन्। हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ।

प्रकाशित मिति: : 2024-07-21 10:46:00

प्रतिकृया दिनुहोस्