तोलामा २ हजारले घट्याे सुनको मूल्य

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ३० रुपैयाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-19 11:08:00

प्रतिकृया दिनुहोस्